October 25, 2020

रवीन्द्रजीहरुको बुझाइ नै फरक रहेछ : रञ्जु दर्शना

२७ पुस, काठमाडौं । विवेकशील साझा पार्टीबाट अलग भएको समूहले पार्टीमा व्यक्ति हाबी हुन थालेपछि अलग भएको जनाएको छ । उज्वल थापा नेतृत्वमा शुक्रबार अलग भएको समूहकी नेतृ रञ्जु दर्शनाले तत्कालिन साझा पार्टीका नेताहरुको बुझाइ र आफूहरुको बुझाइ अलग भएपछि एउटै पार्टीमा बस्न नसकिएको प्रतिक्रिया दिइन् ।

उनले अनलाइनखबरसँग कुरा गर्दै भनिन्, ‘वैकल्पिक राजनीतिबारे कुरा मिलेपछि जोडिएका थियौं । तर, रवीन्द्रजी, मुमाराम खनालजी, केशव दाहालजी लगायतको बुझाइ नै फरक रहेछ । त्यसपछि एक्सनहरु नै फरक भयो ।’

0Shares