October 25, 2020

कैलालीको लम्कीचुहामा एकै दिन २८ जनामा कोरोना पुष्टी,सुरक्षीत बस्न नगरको आग्रह

आसार ८ लम्की,कैलाली
कैलालीको लम्किचुहा नगरपालिकामा एकैदिन ५८ जनामा कोरोना पुष्टि भएको छ । नगरपालिकाका ९३ जनाको पिसिआर प्रबिधिबाट गरिएको परिक्षणमा ५८ जनामा कोरोना पुष्टि भएको हो । यो संङै नगरपालिकामा कोरोना संक्रमितको संख्या ६४ पुगेको छ । यस अघि नै नगरपालिका द्वारा संचालित आईसोलेसनमा ६ संक्रमीत रहेका छन ।क्वारेन्टाइनमा १४ दिन बसेका र RDT परिक्षण गर्दा पोजेटिभ देखिएका ९३ जनाको पिसिआर परिक्षण गर्दा ५८ जनमा कोरोना पुष्टि भएको लम्कीचुहा स्वास्थ्य शाखाले जनाएको छ ।
कोरोना रिपोर्ट पोजेटिभ देखिएकाहरु यस अघि नै क्वारेन्टाइनबाट घर गईसकेका थिए । एकै दिन यति ठूलो संख्यामा संक्रमीत देखिए पछि सोमवार नगरपालिकाले एक प्रेस बिज्ञप्ति जारी गर्दै सबैलाई सजक र सुरक्षित बस्न आग्रह गरेको छ भने सक्रमितहरुलाई होम क्वारेन्टाइनमा बस्न भनेको छ ।यस अघि नगरपालिकाले ४० वटा क्वारेन्टाइनमा बसेका ३ हजार ६ सय ३२ जनाको RDT परिक्षण गरेको थियो । जसमा २ सय ४२ जनामा संक्रमण देखा परे पछि उनिहरु सबैलाई लम्कीबहुमुखीमा सन्चालन गरिएको आईसोलेसनमा राखिएको थियो । गत जेठ २८ गते सबैको पिसिआर नमुना लगिएकोमा सोमबार २८ जनामा कोरोना पुष्टि भएको हो ।

0Shares